काठमाडौं : आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले मकवानपुरका लागि ४ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकाले १ अर्बभन्दा धेरै पाउने भएको छ भने सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २३ करोड ६२ लाख रुपैयाँ रकम उपलब्ध गराउने भएको छ ।
कुन स्थानीय तहमा कति ?
हेटौंडा : हेटौंडा उपमहानगरपालिकालाई संघीय सरकारले आउँदो आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ६ करोड ९५ लाख रुपैयाँ बजेट छुट्याएको छ । संघीय सरकारले बजेटमार्फत यो रकम छुट्याएको हो ।
संघीय सरकारले समानीकरण अनुदानमा उपमहानगरपालिकालाई ३५ करोड ७६ लाख रुपैयाँ, सशर्त अनुदानमा ६८ करोड ४७ लाख रुपैयाँ उपलब्ध गराउने छ । सशर्त अनुदानमा चालुतर्फ २ करोड ७३ लाख र पुँजीगततर्फ २ करोड ७३ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ ।
थाहा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० को लागि संघीय सरकारले ४५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
समानीकरण अनुदानमा नगरपालिकालाई १४ करोड ३६ लाख रुपैयाँ, सशर्त अनुदानमा २९ करोड ७२ लाख, बिशेष अनुदानमा १ करोड रुपैयाँ र समपूरक अनुदानमा ८ लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै, चालुतर्फ ४१ करोड २४ लाख र पुँजीगततर्फ ४ करोड ४६ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो ।
इन्द्रसरोवर जिल्लाको इन्द्रसरोबर गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले २३ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय सरकारले समानीकरण अनुदानमा ८ करोड १ लाख रुपैयाँ, सशर्त अनुदानमा १२ करोड ९७ लाख, विशेष अनुदानमा १ करोड ५ लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै, चालुतर्फ २० करोड ५८ लाख र ३ करोड ४ लाख रुपैयाँ संघीय सरकारले बजेट छुट्याएको छ ।
कैलाश: जिल्लाको कैलाश गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले २९ करोड ५४ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउने भएको छ ।
समानीकरण अनुदानमा गाउँपालिकालाई १० करोड १८ लाख रुपैयाँ, सशर्त अनुदानमा १७ करोड ६६ लाख, विशेष अनुदानमा १ करोड र समपूरक अनुदानमा ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ २६ करोड ५४ लाख र पुँजीगततर्फ ३ करोड रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो ।
बकैया : मकवानपुरको बकैयालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले कुल गाउँपालिकाले ४३ करोड ८३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
बकैयाले समानीकरण अनुदानमा १३ करोड ४१ लाख रुपैयाँ, सशर्त अनुदानमा २८ करोड ९२ लाख, विशेष अनुदानमा १ करोड रुपैयाँ र समपूरक अनुदानमा ५ करोड रुपैयाँ पाउने छ । त्यस्तै, चालुतर्फ बकैयालाई ४० करोड ५२ लाख र पुँजीगततर्फ ३ करोड ३१ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ ।
बागमती : बागमती गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३६ करोड १२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बागमतीलाई समानीकरण अनुदानमा ११ करोड ९० लाख, सशर्त अनुदानमा २१ करोड ५२ लाख, विशेष अनुदानमा २ करोड रुपैयाँ र समपूरक अनुदानमा ७ करोड रुपैयाँ बजेट छुट्याइएको छ । त्यस्तै, चालुतर्फ ३१ करोड ४९ लाख पुँजीगततर्फ ४ करोड ७३ लाख रुपैयाँ संघीय सरकारले उपलब्ध गराउने भएको हो ।
भीमफेदी: भीमफेदी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३५ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
भीमफेदीमा समानीकरण अनुदानमा ११ करोड २६ लाख, सशर्त अनुदानमा २० करोड ७६ लाख, विशेष अनुदानमा ६ करोड रुपैयाँ र समपुरक अनुदानमा ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ ३० करोड ५३ लाख र पुँजीगततर्फ ५ करोड ६० लाख रुपैयाँ संघीय सरकारले बजेट छुट्याएको छ ।
मकवानपुरगढी मकवानपुरगढी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३७ करोड ७९ लाख रुपैयाँ छुट्याएको छ ।
मकवानपुरगढीले समानीकरण अनुदानमा ११ करोड १९ लाख, सशर्त अनुदानमा २२ करोड ७० लाख, विशेष अनुदानमा १ करोड ७० लाख रुपैयाँ र समपूरक अनुदानमा २ करोड २० लाख रुपैयाँ पाउने छ । त्यस्तै, चालुतर्फ ३२ करोड ५४ लाख र पुँजीगततर्फ ५ करोड २५ लाख रुपैयाँ संघीय सरकारले छुट्याएको छ ।
मनहरी: मनहरी गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३७ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
समानीकरण अनुदानमा गाउँपालिकालाई १३ करोड ७७ लाख, सशर्त अनुदानमा २० करोड ७१ लाख, विशेष अनुदानमा १ करोड ६० लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड १० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, चालुतर्फ ३२ करोड ९३ लाख र पुँजीगततर्फ ४ करोड २५ लाख रुपैयाँ संघीय सरकारले दिने छ ।
राक्सिराङ: राक्सिराङ गाउँपालिकालाई आगामी आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले ३२ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये समानीकरण अनुदानमा १० करोड ७७ लाख, सशर्त अनुदानमा १९ करोड ४२ लाख, विशेष अनुदानमा १ करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानमा १ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै, चालुतर्फ २९ करोड ५५ लाख र पुँजीगततर्फ ३ करोड ३४ लाख रुपैयाँ संघीय सरकारले विनियोजन गरेको छ ।