देशबागमती प्रदेशभीमफेदी बस दुर्घटना अपडेट : मृतकको संख्या ७

भीमफेदी बस दुर्घटना अपडेट : मृतकको संख्या ७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा आज दिउँसो सवारी दुर्घटना हुँदा त्यसमा परेर सात जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा३ख ७८५८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेहरुमा तीन महिला, दुई पुरुष र दुई बालबालिका रहेका छन् । दुर्घटनामा परेर छ जनाको घटनास्थलमा र एकको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर मृत्यु भएकाको हाल पहिचान खुल्न सकेको छैन । उक्त बसमा ३५ जना सवार थिए । अन्य घाइतेलाई उपचारका लागि हेटौँडा अस्पतालतर्फ ल्याइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमसहितको टोली पुगेको छ । उक्त घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका