अन्यरुकुम पूर्वमा बस दुर्घटना हुँदा चारको मृत्यु, १० जना घाइते

रुकुम पूर्वमा बस दुर्घटना हुँदा चारको मृत्यु, १० जना घाइते

रुकुम । रुकुम पूर्वमा बस दुर्घटना हुँदा चारको मृत्यु भएको छ । विहीबार रुकुम पूर्वको भूमे गाउँपालिका–३ को क्याङसी बगरमा बस दुर्घटना हुँदा चारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना भएको हो । उक्त दुर्घटनामा परी चारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै उक्त बस दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । प्रहरीको टोली घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको बताइएको छ । प्रहरीका अनुसार बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img