विविध१३ सय तलबमा काम गर्ने नेपाली युवालाई पर्‍यो ३५ करोडको चिठ्ठा

१३ सय तलबमा काम गर्ने नेपाली युवालाई पर्‍यो ३५ करोडको चिठ्ठा

काठमाडौं: नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा जितेका छन्। केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन्।

गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन्। मासिक १,३०० मात्रै कमाउने उनी सबैभन्दा कम कमाउने विजेता मध्येका एक हुन्।

मजुजले साप्ताहिक रूपमा खुलाउने यो चिठ्ठामा भरतले दुई वर्षदेखि काटिरहेका थिए। अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए।

यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन। ‘म त निकै खुसी छु’ उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ,’ युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु।’

तीन वर्षअघि दुबई आएका भरत त्यसअघि वैदेशिक रोजगारीकै सिलसिलामा साउदी अरबको पावर प्लान्टमा काम गर्थे। मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए।

‘अहिलेसम्म करिव ३ हजार दुई सय नेपालीले विभिन्न श्रेणीको मजुज चिठ्ठा जितिसकेका छन्, जसमध्ये २८ जनाले पहिलो र दोस्रो श्रेणीको चिठ्ठा जितेका छन्,’ सीईओ सामजीले भने।

लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन्। किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो।

आफूले पाएको पुरस्कारले अब जीवननै परिवर्तन हुने उनले अपेक्षा गरे। धेरै मानिसहरूका लागि, डिएच ३५ पैसा कमाउने राम्रो अवसर हो, त्यसैले भरतजस्ता पात्रहरूले यो चिठ्ठा किन्ने मजुजका सिईओ फरिद सामजीले भने।

‘भरत हाम्रा विजेतामध्ये सबैभन्दा कम कमाउनेहरू मध्ये एक हुन्, त्यसैले यसले उनी र उनको परिवारमा ठूलो फरक पार्नेछ’, उनले भने, ‘हामीले यी विजेताहरू उत्पादन गरिरहनुको एउटै कारण छ, यो निष्पक्ष र विश्वसनीय, त्यसैले मानिसहरू भाग लिन चाहन्छन्। हामी सपना साकार बनाउँछौं।’

प्रकाशित मिति :

इन्फो नेपाल संवाददाता
इन्फो नेपाल संवाददाताhttps://infonepalonline.com
इन्फो नेपाल अनलाईन डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । इन्फो नेपालमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] वा [email protected] मा पठाउनु होला । धन्यवाद ।
Advertisement

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

Advertisementspot_img

यो साता चर्चामा



यो पनि पढौँ

जनपत्र: मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिका अध्यक्ष राजकुमार...
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव...
सुनसरी : भात अड्किएर इटहरीमा एक जनाको मृत्यु भएको छ । मंगलबार राति खानाखाने क्रममा इटहरी वडा नम्बर १९ अमाहाका अन्दाजी ४२ वर्षीय राजु चौधरीको...