Saturday, March 22, 2025
देशबागमती प्रदेश९ सय १९ केजी गाँजा बरामत

९ सय १९ केजी गाँजा बरामत

मकवानपुर: मकवानपुरमा अहिले सम्मकै ठूलो परिमाणमा लागुऔषध (गाँजा) बरामद गरिएको छ ।

४८ घण्टा अघि आएको विशेष सूचनाको आधारमा आफुहरुले सबारी तलासी गर्दा बिहान ४ बजे ३० मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका–१०, पुर्व–पश्चिम लोकमार्गमा स्थित बसपार्कबाट ९ सय १९ किलो ३ सय २४ ग्राम लागु औषध गाँजा, कन्टेनर ट्रकसहित २ जना भारतियलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए ।

हेटौँडा सशस्त्र प्रहरी बल, नेपाल १४ नम्बरको गण हेडक्वाटर, मकवानपुरका सुमन ठकुरीको कमाण्डमा ७ जनाको टोलिले चितवको खुरखुरेबाट भारतको वीरगंज तर्फ जान आएको एनएल ०१ एसी २१४५ नम्बरको ६ चक्के डिब्बावाल कन्टेनरबाट गाँजा बरामद गरेका हुन् । ट्रकको चेकजाच गर्दा कन्टेनरको ड्राइभर पट्टीको भित्तामा २ फिटको फल्स बटम बनाई लागुऔषध गाँजा ल्याएको अवस्थामा पत्ता लाएको थियो।

पक्राउ पर्नेमा बलरामपुर जिल्लाको बिर्तापुरका ४५ वर्षीय दुलारे यादव र सहचालक सोही स्थानका ३६ वर्षीय योगेश वर्मा रहेका छन् । प्रहरीले उनिहरुको साथबाट नेपाली ५ हजार ७ सय रुपैयाँ र भारतीय ८ हजार ६ सय ३० रुपैयाँ सहित ३ वटा मोबाइल फोन समेत बरामद गरेको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img