Saturday, February 15, 2025
देशकोशी प्रदेशखोला पैनी मिचेर बनाएका संरचना भत्काउन अन्तीम पटक म्याद थपेर इटहरी सरकार...

खोला पैनी मिचेर बनाएका संरचना भत्काउन अन्तीम पटक म्याद थपेर इटहरी सरकार मौन

सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन गत भदौ १७ गते अन्तीम पटक भन्दै सात दिनको म्याद थपेको थियो ।

सात दिनको म्याद २४ गते नै सकिएपनि न त अर्को म्याद थपिएको छ, न त संरचना भत्काउन सुरु नै गरिएको छ । उपमहानगरपालिकाले पहिलो पटक असार ३१ गते ३५ दिने म्याद जारी गर्दै सुचना प्रकाशित गरेको थियो ।

त्यसपछि १५ दिन र त्यसपछि फेरी अन्तीम सुचना भन्दै सात दिनको म्याद थपेको थियो । तर त्यो ७ दिन बितेको अर्को सात दिन भइसक्दा उपमहानगरपालिका आफै हराएको छ । खोला पैनी मिचेका संरचना भत्काउने चेतावनी दिएको उपमहानगरपालिकाको म्याद थपको श्रृंखला नै भत्किएको छ ।

टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको थियो । तर केही विज्ञहरुले भने खोला र पैनीको लागि उस्तै मापदण्ड गलत हुने बताउँदै आएका थिए । उपमहानगरपालिकाले यस विषयमा कुनै प्रतिक्रिया दिएको थिएन ।

टेंग्रा खोलाको ६ किलोमिटर क्षेत्रमा मात्रै ७४ वटा संरचना भत्काउनुपर्ने खोला पैनीमा भत्काउनुपर्ने सुचीमा पर्ने संरचनाहरु यकिन गर्न उपमहानगरपालिकाले वातावरण शाखाका अधिकृत पुष्पनारायण चौधरीको संयोजकत्वमा समिति बनाएको थियो । उक्त समितिले खोला नापेर भत्काउनुपर्ने संरचनाको सुची बनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img