Saturday, February 15, 2025
देशकोशी प्रदेशइटहरी–धरान सीमाको विवाद अझै समाधान भएन्

इटहरी–धरान सीमाको विवाद अझै समाधान भएन्

सुनसरी / इटहरी–धरान सीमाको विवाद अझै समाधान भएको छैन । दुई उपमहानगरबीच उत्पन्न सीमा विवाद मिल्न नसक्दा प्रदेश र संघीय सरकारलाई गुहारिएको छ । दुवै पक्षले आ–आफ्नो अडान नछाडेपछि विवाद स्थानीय स्तरमा मिल्न नसकेको छ ।

सीमा विवाद उत्कर्ष पुगेपछि अझैसम्म जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा नमिल्दा प्रदेश र संघीय सरकारलाई विवाद निरुपणको लागि सहयोग मागिएको छ । धरान उपमहानगरका मेयर हर्क साम्पाङले इटहरीको पानीपियामा सीमा प्रारम्भको बोर्ड राखेपछि विवाद थप उत्कर्षमा पुगेको थियो ।

इटहरीले भने भोगचलन गर्दै आएको पानीपिया क्षेत्रलाई धरानले दाबी गरेको सीमाना मान्य नहुने जनाउँदै आएको छ । इटहरी उपमहानगरले सीमा विवाद राजनैतिक विषय भएकाले पहिले नै प्रदेश र संघीय सरकारबाट समाधान खोज्नुपर्ने बताउँदै आएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img