Thursday, January 23, 2025
देशबागमती प्रदेशगौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुने

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुने

हेटौंडाः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य तत्काल अघि बढ्ने भएको छ । मंगलबार बागमती प्रदेश सरकार र चितवनको भरपुर महानगरपालिकाले मिलेर रंगशाला निर्माण गर्ने सम्झौता गरेसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेल र भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशाला निर्माणका समझदारी गर्नुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार अहिले पहिलो चरणमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमती भएको छ । यसका लागि ७५ करोड रुपैयाँ खर्च लाग्ने प्राविधिक मुल्याङ्कन भएको उहाँले बताउनुभयो । जसमा बागमती प्रदेशले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत रकम उलब्ध गराउने भएको छ । रंगशालाको पुरा डीपीआर ३० हजार दर्शक क्षमताको भएपनि अहिले तत्काल पहिलो चरणमा १० हजार दर्शक क्षमता बनाउन सुरु गरिएको बाँकी पछिल्लो चरणमा निर्माण गर्ने सदस्य सचिव भण्डारीले बताउनुभयो ।

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको रंगशाला ऋण भएको भन्दै निर्माण कार्य रोकिएको थियो । सदस्य सचिव भण्डारीका अनुसार ३ अर्ब रुपैयाँमा बन्ने रंगशालामा अहिलेसम्म ५७ करोड रुपैयाँ काम सम्पन्न भएको छ । रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तत्काल निर्माणका लागि लगानी गर्ने भएको हो । धुर्मुस सुन्तली फाउन्डेसनले हालसम्म रंगशाला निर्माण गर्दा करिब १२ करोड जति ऋण भएको प्राविधिक मुल्याङ्कन रहेकोे भण्डारीले बताउनुभयो ।

मंगलबार प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको निणर्य प्रक्रियामा सहभागिता कर्मचारी र प्राविधिकहरुको उपस्थिति रहेको थियो ।

सूचनाcff9c7c4 f4fd 4a15 b32a e832999591a1

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img