Sunday, January 19, 2025
देशबागमती प्रदेशहेटौँडा बजारको सडक बिस्तार: अदालतको फैसलाको प्रतिक्षामा सडक डिभिजन

हेटौँडा बजारको सडक बिस्तार: अदालतको फैसलाको प्रतिक्षामा सडक डिभिजन

मकवानपुर: अदालतमा मुद्दा परेपछि स्थगित भएको हेटौंडा बजारको दायाँबायाँ २५ मिटर फराकिलो पार्ने कामको बेला बेलामा चर्चा हुँदै सेलाउँदै गर्ने गरेको छ ।

हेटौंडाको मुख्य राजमार्गमा पर्ने सडक भत्काउनका लागि संघीय सरकार मातहत रहेको सडक डिभिजन कार्यालय हेटौंडाले पटक पटक सूचना जारी गरे पनि पूर्व पश्चिम राजमार्ग सडकको दायाँ बायाँ २५ मिटर सडक बिस्तार गर्न सकेको छैन ।

सडक विस्तारको सूचना कयौं चोटी जारी भएता पनि सडक छेउमा पर्ने घरको मुआब्जाकै विषयले बिस्तार कार्य अन्योलमा छ । घर धनीहरूले मुआब्जाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि फेरी पनि सडक विस्तार कार्य प्रभावित बनेको हो ।

केही वर्ष अघि सडक डिभिजन कार्यालय हेटौंडाले हेटौंडामा सडक फराकिलो पार्न २५ मिटर भित्र परेका घर टहरा भत्काउन सुरु गरेको थियो । विभिन्न राजनीतिक दवाव र अदालतमा मुद्दा परेपछि उक्त कार्य स्थगित भएको एक स्थानीयले बताए ।

अदालतको फैसलाको प्रतिक्षामा सडक डिभिजन
अहिले पनि सर्वोच्च अदालतमा रिटपरेपछी रोकिएको सडक बिस्तार कार्यका लागि सडक डिभिजन हेटौँडा अदालतको फैसलाको प्रतिक्षामा छ । विभिन्न मुद्दा परेकाले उक्त विषयमा अदालतमा छलफल भैरहेको र निर्णय नआउँदा सम्म हेटौंडा बजार नभत्किने सडक डिभिजन कार्यालय हेटौंडाको प्रमुख राजेश कुमार यादवले बताउँछन ।

सर्वोच्चमा ३ सय भन्दा बढी रिट, एकैचोटी हुदैछ फैसला
सडक विस्तार विषयमा हेटौँडाका ३ सय भन्दा बढी घरधनीले सर्वोच्चमा रिट दाएर गरेपछि उक्त रिटको छलफल गर्न भन्दै तत्काल सडक बिस्तार अगाडि नबदाउन सर्वोच्चको आदेश सँगै सडक बिस्तार रोकिएको हो ।

प्रमुख यादवले सर्वोच्चमा ३०० भन्दा बढी रिट दाएर भएको छ र उक्त रिटमाथि छलफलको लागि यो हप्ता समय टोकिएको जानकारी दिए । उक्त रिटको छलफलमा टुंगो भएपछि एकैसाथ फैसला आउने बताउँदै उनले भने “हामी अहिले सर्वोच्चको आदेशको प्रतिक्षामा छौ” ।

हेटौंडाको रातोमाटेदेखि चौकीटोलमा र बुद्धचोकदेखि राप्तीपुलसम्मको बाटो (एसियन हाइवे) सम्बन्धमा राष्ट्रिय राजमार्गको करिब ८ किमि सडक सहरी मार्ग बनाउन धेरैपटक सरोकारवाला निकायले कोसिस गरिरहेको छ ।हेटौंडा बजारभित्र १६ मिटर बिनामुआब्जा र त्यसभन्दा बढी मिटर भए उचित मुआब्जा पाउनुपर्ने घरधुरीहरूले माग राख्दै आएका छन् । मुख्य बजारभित्र सडक बिस्तार गर्दा सडकको दायाँबायाँ १ हजार ७ सय ७४ घरधुरी पर्ने जनाइएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img