Thursday, December 12, 2024
देशबागमती प्रदेशहेटौंडामा फुटेको ट्युमरको सफल शल्यक्रिया

हेटौंडामा फुटेको ट्युमरको सफल शल्यक्रिया

मकवानपुर: पेटको आन्द्राभित्र फुटेको ट्युमरको जटिल शल्यक्रिया हेटौंडामा सफल भएको छ ।

अस्पताल स्रोतका अनुसार मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ निवासी ४९ वर्षका जय बहादुर मगरको पेटको सानो आन्द्राचित्र भएको ट्युमर फुटेपछि डा. निश्चलभद्र खनालको टोलीले सफल शल्यक्रिया भएको छ ।

विरामी भई भिडियो एक्सरे गर्दा आन्द्रा फुलेको जस्तो देखिएपछि बुधबार डा. खनालको टोलीले शल्यक्रियाको लागि तयारी गरी सफल रुपमा शल्यक्रिया गरिएको हो । सुरुमा फुलेको जस्तो देखियो तर ट्युमर फुटेको पत्ता लागेपछि तत्काल शल्यक्रिया गरिएको डा. खनालले जानकारी दिए ।

हेटौँडामा यसअघि पनि ट्युमरको शल्यक्रिया भएता पनि फुटेपछिको शल्यक्रिया भने पहिलो भएको डा. खानालले बताए । ट्युमर फुटेको समयमा शल्यक्रिया गर्न नसके विरामीको मृत्य समेत हुन सक्ने उनले बताए ।

शल्यक्रिया पछि विरामी मगर सामान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img