Wednesday, January 15, 2025
देशबागमती प्रदेशनारायणगढ–मुग्लिन सडक ४ घण्टा बन्द रहने

नारायणगढ–मुग्लिन सडक ४ घण्टा बन्द रहने

चितवन: नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द रहने भएको छ । सडकखण्डको तुइन खोलामा पुल बनाउन शनिबारबाट बिहान १२ देखि दिउँसो ४ बजेसम्म(४ घण्टा) सडक बन्द रहने जनाइएको छ । भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान ११: ३० बजेसम्म मात्र चलाउन पाइने छ ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान ११ः५५ सम्म तथा मालवाहक सवारी सधान ११: ४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img