मकवानपुर: संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले झन्डै ३४ लाख लागतमा निर्माण गरेको शौचालय हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामालेले उद्घाटन गरेकी छन ।
शौचालय विहीबार उद्घाटन गरेसँगै प्रयोगमा ल्याइएको छ । महिला, पुरुष र शारिरीक अशक्तहरुका लागि निर्माण भएको शौचालय सञ्चालनको लागि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । हुप्राचौर खेल मैदानमा आउँने खेलाडी तथा अन्य व्यक्तिले शौचालयको प्रयोग गर्न सकिने व्यवस्था मिलाईएको छ ।
३३ लाख ७० हजार ४५२ रुपियाँको लागतमा निर्माण भएको शौचालय हस्तान्तरण कार्यक्रममा आयोजना कार्यालयको प्रमुख उज्जवल प्रजापती र उपमहानगरपालिकाका नगर प्रमुख लामाले ४ नम्बर वडाका अध्यक्ष नवीन सिग्देललाई चाबी हस्तान्तरण गरेकाा थिए । कार्यक्रममा नगर प्रमुख लामाले संघीय सरकार मार्फत निर्माण भएको शौचालयको व्यवस्थापन सहितको जिम्मेवारी उपमहानगर र वडा कार्यालयले लिने बताइन् ।