Friday, December 6, 2024
देशबागमती प्रदेशचितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

चितवन | चितवन जिल्ला माछा, मासु, दूध र अण्डा उत्पादनमा आत्मनिर्भर भएको छ। पशुसेवा कार्यालय चितवनका अनुसार जिल्लामा प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ।

दूध उत्पादन प्रतिव्यक्ति १३६.३३ लिटर रहेको छ जुन न्यूनतम आवश्यकता ९१ लिटर भन्दा ४५.३३ लिटर बढी हो। त्यसैगरी, मासु उत्पादन २५.५३ किलो, अण्डा ४६१ गोटा र माछा ६.४४ किलो प्रतिव्यक्ति उपलब्ध छ जुन क्रमशः न्यूनतम आवश्यकता १४ किलो, ४८ गोटा र ५ किलो भन्दा बढी हो।

कार्यालयका प्रमुख सुशील केसीका अनुसार जिल्लामा गाईभैँसी, बाख्रा, कुखुरा, बंगुर र माछा पालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन्। यहाँ ३५९ गाईफार्म, ५० भैँसीफार्म, ४५३ बाख्रा फर्म, ६० बंगुरपालन फार्म, १९०० कुखुरा फार्म र ५०७ माछा फर्म सञ्चालनमा छन्।

विगत आर्थिक वर्षमा चितवनमा ९८ हजार मेट्रिकटन दूध, १ लाख ८४ हजार मेट्रिकटन मासु, ४६ हजार मेट्रिकटन माछा र ३३ करोड अण्डा उत्पादन भएको थियो। कृषकले उत्पादित खाद्यान्नलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकता पनि पूरा गर्न सजिलो हुने केसीको धारणा छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img