Saturday, May 17, 2025
देशबागमती प्रदेशबागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा
spot_img

बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक बिदा

spot_img

हेटौंडा |बागमती प्रदेश सरकारले वैशाख २४ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। यो निर्णय “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८०” लाई सोही दिनदेखि कार्यान्वयन गर्नका लागि गरिएको हो। यस ऐनले बागमती प्रदेशमा नेवार भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकार गरेको छ।

प्रदेश सरकारले बिहीबार बसेको बैठकले यही वैशाख २४ गतेदेखि उक्त ऐन कार्यान्वयन गर्ने निर्णय गरेको हो। त्यसैले सोही दिनलाई सार्वजनिक बिदा दिइएको छ। यसको उद्देश्य नयाँ ऐनको कार्यान्वयन र त्यसको उपलक्ष्यमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा समारोह” आयोजना  समेत गर्न लागिएको प्रदेश सरकारले जनाएको छ ।

समारोह बसन्तपुर डबलीमा आयोजना गर्ने तयारी भइरहेको छ। संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यको संयोजकत्वमा “बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० शुभारम्भ घोषणा मुल समारोह समिति” गठन गरिएको छ। यसका अलावा मुल आयोजक समिति, सचिवालय तथा विभिन्न समिति र उपसमितीहरू समेत गठन गरिने छन्।

नेवाः देय् दवु र नेपाल तामाङ घेदुङसंघका केन्द्रीय सदस्यहरू, विभिन्न खलपुचः जाति-समुदायका प्रतिनिधिहरू समेत समावेश गरिने मुल आयोजक समिति बनाइनेछ। त्यसपछि सचिवालय बनाइने छ र त्यसका सदस्यहरूको संयोजकत्वमा विभिन्न कार्यसमिति र उपसमितीहरू गठन गरिनेछन्।

समारोहको अवसरमा बसन्तपुरमा बिहान ७ बजेदेखि नै र्याली निकालिने भएकाले सम्बन्धित सबैलाई बिहानै ६:३० बजे नै आ-आफ्नो स्थानीय बाजागाजा र भेषभूषामा तयार भई उपस्थित हुन अनुरोध गरिएको छ। र्यालीमा नेवाः देय् दवु र तामाङ घेदुङसंघसँग आबद्ध संघ-संस्था र प्रतिनिधि तथा अन्य शुभचिन्तक नेपालीहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

ऐतिहासिक यस घोषणा समारोहको विशेष महत्व हुनेछ भएकाले सम्बन्धित सबैले व्यापक प्रचार-प्रसार गरी घोषणा समारोहलाई सफल बनाउन नेवाः देय् दवुका उपाध्यक्ष उमेश स्थापितले आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img