देशबागमती प्रदेशसामाजिक विकासका सवालमा उल्लेखनीय प्रगतिको दाबी

सामाजिक विकासका सवालमा उल्लेखनीय प्रगतिको दाबी

spot_img

हेटौंडा | वागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गरेकी छन् । प्रदेशमा सत्तासमीकरण परिवर्तनसंगै कामचलाउ मन्त्रीका रुपमा रहेकी मोक्तानले आफ्नो दोस्रो कार्यकाल (२०७९ माघ ११ देखि हालसम्म) मा मन्त्रालयबाट सम्पादन भएका कार्यहरुले सामाजिक विकासका सवालमा उल्लेखनीय प्रगतिको दाबी गर्दै प्रगति विवरण सार्वजनिक गरेकी हुन् ।

मन्त्री मोक्तानले उनको कार्यकालमा शिक्षा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति, विज्ञानप्रविधि र गरिबी निवारणलगायत क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरेकी छिन् । उनका अनुसार शिक्षा क्षेत्रमा प्रदेश शिक्षा नीति, २०८० र प्रदेश शिक्षा क्षेत्र योजना (२०८०–२०८७) स्वीकृत गरिएको छ । उच्चशिक्षाको क्षेत्रमा प्रदेश उच्चशिक्षा ऐन, २०७८ र नियमावली, २०७९ जारी गरिएको छ ।

मन्त्री मोक्तानले प्रदेश विश्वविद्यालय स्थापना हेटौंडामा गरिएको र यसको विधान २०८१ स्वीकृत गरिएको जानकारी दिइन् । उनका अनुसार सामुदायिक क्याम्पसका ६ सय ८३ विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिएको छ र ४० वटा सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गरिएको छ । विद्यालय शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको मन्त्री मोक्तानले बताइन् । प्रारम्भिक बालकक्षा कार्यक्रम शुरु र स्तरोन्नति, शिक्षक तालिम कार्यक्रम, विद्यालय भौतिक पूर्वाधार विकास र विद्यालय बस खरिद जस्ता कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएको उनले उल्लेख गरिन् ।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि हासिल भएको मन्त्री मोक्तानले बताइन् । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् स्थापना, वृत्ति मार्गनिर्देशन सेवा शुरु र सिपमुलक तालिमहरु सञ्चालन गरिए ।

मन्त्री मोक्तानले विज्ञानप्रविधि क्षेत्रमा पनि केही महत्वपूर्ण कदम चालिएको बताइन् । विज्ञानप्रविधि तथा नवप्रवर्तन कोष स्थापना तथा सञ्चालनसम्बन्धि विधेयक प्रदेशसभामा पेश गरिएको र नवप्रवर्तनसँग सम्बन्धित पाँच आयोजना सञ्चालन गरी अनुसन्धान कार्य सम्पन्न गरिएको छ । सामाजिक विकास क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको मन्त्री मोक्तानले बताइन् ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध संरक्षण नीति, ज्येष्ठ नागरिकसम्बन्धि नीति, बालबालिकासम्बन्धि नीति र लैंगिक तथा अल्पसंख्यक नीति जस्ता महत्वपूर्ण नीति स्वीकृत गरिएको छ । गृहिणी सशक्तीकरण कार्यक्रम, सीमान्तकृत समुदायका महिला सशक्तीकरण कार्यक्रम र विपन्न÷दलित सशक्तीकरण कार्यक्रम जस्ता कार्यक्रम सञ्चालन गरिए । मन्त्री मोक्तानले गरिबी निवारण क्षेत्रमा केही महत्वपूर्ण पहल गरेको बताइन् । ]

गरिबी निवारण नीतिको मस्यौदा तयार पारिएको र चेपाङ समुदायको उत्थानका लागि चिउरी तथा चमेरो संरक्षण कार्यक्रम शुरु गरिएको उनले बताइन् ।

युवा तथा खेलकुद क्षेत्रमा पनि उल्लेखनीय प्रगति भएको मन्त्री मोक्तानले बताइन् । प्रदेश युवा सम्मेलन आयोजना, युवामैत्री स्थानीय तह बनाउनेसम्बन्धि कार्यक्रम, र विभिन्न सिपमुलक तालिम सञ्चालन गरिएको छ । खेलकुद क्षेत्रमा नीतिको मस्यौदा तयार पारिएको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता गरिएको र खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति गरिएको उनले बताईन ।

उनले भनिन्, “हामीले शुरु गरेका योजना तथा कार्यक्रमले आगामी दिनमा निरन्तरता पाउने विश्वास लिएकी छु । प्रगति विवरणले सम्बन्धित सरोकारवालासमक्ष सूचना एवम् जानकारी पु¥याउन र आगामी दिनमा मन्त्रालयलाई थप नीति, योजना तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास लिएकी छु ।”

मन्त्री मोक्तानले आफ्नो कार्यकालमा हासिल गरिएका उपलब्धिले प्रदेशको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताइन् । उनले भनिन्, “हामीले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, युवा रोजगारी र खेलकुद जस्ता क्षेत्रमा गरेका लगानी र सुधारले प्रदेशको मानवविकास सूचकांकमा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास लिएकी छु । मन्त्री मोक्तानले भनिन्–हामीले राखेको जग मजबुत छ । यसलाई आधार बनाएर आगामी सरकारले थप प्रगति हासिल गर्न सक्नेछ । मैले विश्वास लिएकी छु कि प्रदेशको समृद्धिको यात्रा निरन्तर अघि बढ्नेछ ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img