Friday, June 20, 2025
देशबागमती प्रदेशबागमती प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा

बागमती प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा

spot_img

हेटौँडा । बागमती प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल सरकार र बागमती प्रदेश सरकारले क्रमशः जनै पूर्णिमा र गाईजात्रा पर्वको अवसरमा बिदा दिने निर्णय गरेका छन्।

नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको बिदाको सूचीमा भदौ ३ गते पनि समावेश छ । भदौ ३ गते सोमबार जनै पूर्णिमाको अवसरका देशभर सार्वजनिक बिदा छ ।

-Ads-

बागमती प्रदेश सरकारले भदौ ४ गते मंगलबार गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार गाईजात्राको बिदा प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० बमोजिम दिइएको हो। उक्त ऐनले सरकारी कामकाजको भाषामा नेवारी (नेपाल भाषा) भाषालाई समावेश गरेको छ र गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था गरेको छ।

यी निर्णयहरूसँगै भदौ ३ र ४ गते सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय र निजी संघसंस्थाहरू बन्द रहने भएका छन्। जनै पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण चाड हो भने गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने गर्छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img