Wednesday, January 15, 2025
बागमती प्रदेशमकवानपुरहेटौँडामा मोटरसाइकल दुर्घटना: पाँच वर्षीय बालकको मृत्यु

हेटौँडामा मोटरसाइकल दुर्घटना: पाँच वर्षीय बालकको मृत्यु

हेटौँडा । शनिबार दिउँसो हेटौडामा भएको एक मोटरसाइकल दुर्घटनामा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार, मयुरधापबाट हेटौडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प २४३ नम्बरको मोटरसाइकलले बाटो छेउमा हिँडिरहेका स्थानीय रामचन्द्र अर्यालका छोरा सिभांस अर्याललाई ठक्कर दिएको थियो। घाइते बालकलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले मोटरसाइकल र १७ वर्षीय चालकलाई नियन्त्रणमा लिएको छ। चालक हेटौडा-१४ का बासिन्दा रहेको जानकारी दिइएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस