इटहरी | वराहक्षेत्र नगरपालिकामा सामुदायिक बिद्यालयबाट गुणस्तरिय शिक्षा प्रदान गराउन नियमित अनुगमन र निरिक्षण हुँदै आएको छ । सामुदायिक बिद्यालय सुधार गराउन नगर रमेश कार्की र नगर उप-प्रमुख नन्दकुमारी सुनुवार सक्रिय भएर लागि पर्ने गरेका छन् ।
शिक्षा समितिको संयोजक समेत रहेका नगर प्रमुख कार्की र अनुगमन समिति संयोजक रहेकि उप-प्रमुख सुनुवार सम्बन्धित वडाका वडाध्यक्ष र शिक्षा समितिका पदाधिकारीहरु लिएर बिद्यालय अनुगमन गर्ने कार्यमा लागि परेका छन् । बिद्यालयलाइ कुनै जानकारीनै नदिइ गुणस्तरिय शिक्षाकालागि बिद्यालयको अनुगमन गर्ने गरिएको नगरपालिकाका शिक्षा अधिकृत उत्तमराज भारती बताउछन् ।
नगर प्रमुख कार्की र उप-प्रमुख सुनुवारले “गुणस्तरीय शिक्षाकालागि बिद्यालय अनुगमन ” कार्यक्रमनै बनाएका छन्। बिद्यालयमा पुगेर शिक्षक सिकाई क्रियाकलाप , बिद्यार्थीहरुको सिकाई क्षमता , शैक्षिक अबस्था, भौतिक तथा प्रशासनिक गतिबिधिको अनुगमन गरिने र उत्कृष्ट बिद्यालयलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
अनुगम पश्चात् बिद्यार्थीको सिकाई क्षमता , अभ्यास , प्रशासन तथा संरचना लगायतको बिषयमा बिद्यार्थीहरु, बिषयगत शिक्षक, प्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसंग छलफल समेत गरिने गरिएको नगर प्रमुख कार्की बताछन् ।
गुणस्तरिय शिक्षाकालागि शिक्षकहरुलाई तालिम, उपकरण , शैक्षिक सामाग्री , उपचारात्मक कक्षा , योग शिक्षा ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुसंग छलफलको कार्यक्रम नगरपालिकाले गर्दै आएको हो ।