राजनीति'शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइयो'

‘शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइयो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूलाई शीर्ष नेतृत्वले नै पार्टी फुटाउन लागेको भन्दै बदनाम गराइएको आरोप लगाएका छन्।

शनिबार रुकुम–पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै शर्माले प्रचण्डकै अगाडि आफूलाई पार्टीको उच्च तह र नेतृत्वले बदनाम गराएको बताए। उनले कार्यकर्तालाई “के म दलाल जस्तो देखिन्छु? के म पार्टी फुटाउने जस्तो देखिन्छु?” भन्दै प्रश्न गरे।

शर्माले आफूले गरेको प्रश्नभित्र कुनै षड्यन्त्र, दुराग्रह र नेतृत्वप्रतिको अपमान नरहेको स्पष्ट पारे। उनले पार्टीभित्र संघर्ष र प्रश्न गर्नुपर्ने आवश्यकता ठानेर नै आफूले यस्तो प्रश्न गरेको बताए।

यसैबीच, अध्यक्ष प्रचण्डले आफू र शर्माबीचको अहिलेको विवाद सहजै सल्टिने बताउँदै यो पार्टीको राम्रोको लागि भएको व्याख्या गरे। उनले विगतमा पनि शर्मासँग आफ्नो विवाद भएको तर अहिलेसम्म सहज रूपमा नै समाधान गर्दै आएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img