मकवानपुरथाहा नगरपालिकागाउँमा जुत्ता सिलाउने हिँडुवा र गाडीमा सामान बेच्नेलाई पनि कर

गाउँमा जुत्ता सिलाउने हिँडुवा र गाडीमा सामान बेच्नेलाई पनि कर

हेटौँडा | मकवानपुर जिल्लाको थाहा नगरपालिकाले गाउँ–गाउँमा हिँडेर जुत्ता–चप्पल सिलाउने तथा गाडीमार्फत कपडा वा अन्य सामग्री विक्री गर्ने व्यक्तिहरूसँग मासिक रूपमा कर असुल गर्न थालेको छ।

नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलका अनुसार स्थानीय आर्थिक ऐन २०८२/८३ को प्रावधान अनुसार यो व्यवस्था लागू गरिएको हो। उनले बताएअनुसार, “जुत्ता चप्पल सिलाउने हिँडुवा कामदारसँग मासिक ५ सय रुपैयाँ र गाडीमा सामान बेच्नेहरूसँग १ हजार ५ सय रुपैयाँ कर उठाउने गरिएको छ।”

भुजेलका अनुसार यो व्यवस्था चालू आर्थिक वर्षदेखि लागू गरिएको हो। कर तिरेपछि मात्रै ती काम गर्न पाइनेछ। “५ सय रुपैयाँ तिरेपछि गाउँ–गाउँमा गएर जुत्ता सिलाउन पाइन्छ, र १५ सय तिरेपछि गाडीबाट सामग्री बिक्री गर्न छुट हुन्छ,” उनले भने।

स्थानीय तहको यो कदमप्रति केहीले सहमति जनाए पनि अधिकांशले सामान्य श्रमिक र गरिब व्यवसायीलाई थप बोझ पर्ने भन्दै आलोचना गर्न थालेका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img