देशबागमती प्रदेशहेटौँडा–काठमाडौं जाने सबै सडक तीन दिनका लागि बन्द

हेटौँडा–काठमाडौं जाने सबै सडक तीन दिनका लागि बन्द

हेटौँडा | निरन्तर वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढेपछि हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने सबै सडक तीन दिनका लागि बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ देखि २० गतेसम्म काठमाडौं–हेटौँडा आवागमनका पाँचै सडकखण्ड पूर्णरूपमा बन्द रहने जनाएको हो।

प्रशासनका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेकाले सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो।

निरन्तर वर्षासँगै सडकका विभिन्न स्थानमा ढुंगा खस्ने, पहिरो जाने क्रम बढिरहेको भन्दै मकवानपुर प्रहरीले हेटौँडा वडा नं. १ चौकिटोलमा सयौँ सवारी साधन रोकेको छ। जोखिम बढेपछि यात्रुलाई हेटौँडामै रोकिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले पनि निकट भविष्यमा ठूलो वर्षा र त्यसबाट हुने पहिरो, बाढी तथा सडक अवरोधको उच्च सम्भावना रहेको चेतावनी दिँदै यात्रु तथा सवारी साधनलाई सचेत रहन आग्रह गरेको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img