बागमती प्रदेशमकवानपुरहेटौँडामा खुल्यो इ-स्पट इन्टरनेशनल

हेटौँडामा खुल्यो इ-स्पट इन्टरनेशनल

हेटौँडा | विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि एक नयाँ शैक्षिक परामर्श केन्द्र हेटौँडामा संचालनमा आएको छ। शुक्रबार हेटौँडामा इ–स्पट इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको फ्रान्चाइज औपचारिक रूपमा उद्घाटन गरिएको हो।

काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको यस संस्थाले अब हेटौँडामा पनि आफ्नो सेवा विस्तार गरेको छ। उद्घाटन समारोहमा विद्यार्थी, अभिभावक, काठमाडौं विदेशी शैक्षिक संस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

संस्थाका प्रबन्ध निर्देशक जगदीश बिडारीका अनुसार, यो कन्सल्टेन्सीले आर्टीफीसीयल इन्टीलीजेन्स् इन्भारमेन्टमा इन्टरनेशनल ग्याजुएट, सेल्टा सर्टिफाइड र एक्सप्रेरीएन्स टीमद्वारा अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके र इन्डीया अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको र परामर्शसँगै भिसा प्रक्रिया, टेष्ट प्रिपेसन कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ ।

बिडारीले हेटौँडाबाटै अष्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायत र भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्नका साथै भिसा प्रक्रिया र भाषा परीक्षा तयारी कक्षाहरू पनि सञ्चालन सुरु गरिएको बताए ।

उद्घाटनको अवसरमा केही कोर्सहरूमा विशेष छुटको घोषणा गरिएको छ। साथै, कन्सल्टेन्सीबाट बैदेशीक अध्यन प्रक्रिया सुरु गर्ने विद्यार्थीहरूका लागि निःशुल्क अंग्रेजी भाषा तालिम र आइएस तयारी कक्षाको व्यवस्था समेत गरिएको बिडारीले जानकारी दिए ।

इ–स्पट इन्टरनेशनलले २५ वर्षदेखि वैदेशिक शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको र हजारौं विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श दिइसकेको जनाइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img