Tuesday, June 24, 2025
राजनीतिप्रचण्डको अस्थिर चरित्रले कांग्रेस-एमाले मिल्ने अवस्था आयो: गगन थापा

प्रचण्डको अस्थिर चरित्रले कांग्रेस-एमाले मिल्ने अवस्था आयो: गगन थापा

spot_img

इटहरी | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अस्थिर चरित्रका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका छन्।

बिहीबार नेपाली कांग्रेस इटहरीको नगर सम्मेलनमा मन्तव्य राख्दै महामन्त्री थापाले वर्तमान प्रधानमन्त्रीसमेत रहेका माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्र र उपद्रोका कारण कांग्रेस र एमाले मिल्नुपर्ने अवस्था आएको बताएका हुन्।

‘अर्थतन्त्रको बेहाल भएको अवस्थामा बजारले विश्वास गुमाएको छ। यो बेलामा कांग्रेस र एमाले एक हुनुपरेको हो,’ उनले थपे, ‘यो संवाद प्रतिपक्षमै बसेर पनि हुन्थ्यो होला, तर प्रचण्डले धेरै चकचक नगर्नुभएको भए।’

उनले संवैधानिक व्यवस्थालाई जोगाउनका निम्ति, पुनरावलोकन गर्नका निम्ति, एमालेसँग मिलेर सरकार गठन गर्नुपरेको अवस्था थियो। उनले भने, ‘मेरो चाहना २०८४ सालसम्म कांग्रेस प्रतिपक्षमा बस्नुपर्छ भन्ने थियो।

उनले प्रचण्ड चकचक गर्ने, उपद्रो गर्ने र अस्थिर चरित्र भएको संज्ञा दिए। थापाले भने, ‘प्रचण्डको उपद्रोबाट देउवा र ओली झुकिसक्नु भएको थियो, कोही झुक्न बाँकी थिएन। चकचक यति धेरै भइसकेको थियो कि उहाँले सम्हाल्न सक्ने अवस्था थिएन।’

उनले गृहमन्त्रीसमेत रहेका रवि लामिछानेलाई फाइल खोल्नसमेत चुनौती दिए। ‘साथी अझै मन्त्रालयमा हुनुहुन्छ, अझै दुईचारदिन बस्नुहुन्छ। जति फाइल खोल्नु छ खोले हुन्छ, जजसको खोल्नु छ खोले हुन्छ,’ उनले भने, ‘अब बजारमा गएर हामीले त यो काण्ड खोल्दैथियौँ भनेर भन्नुहुन्छ, जनतालाई झुक्याउने अवस्था बन्न सक्छ।’

उनले अब कांग्रेसबाट सरकारमा सहभागी हुने कसैलाई पनि गल्ती गर्ने छुट नहुनेसमेत बताए। पटकपटक मन्त्री भएका मान्छेले यो पटक विश्राम लिनुपर्ने र अब मन्त्री हुनेहरू जोस पनि भएको, होस पनि भएको र परणाम दिनसक्ने भोक भएको मान्छेलाई लैजान आवश्यक रहेको उनको भनाइ छ।

उनले कांग्रेस र एमालेको गठबन्धनले सरकार गठन भएसँगै संविधान संशोधन हुने र संविधान संशोधनका निम्ति माओबादीसहित अरु दलको पनि आवश्यकता पर्ने बताए।
यसैगरी केन्द्रीय सरकारमा २५ जना मन्त्री रहने व्यवस्था रहेको तर अब भने १० जना मात्रै मन्त्री बनाउनुपर्ने अवस्थासमेत आएको उनले बताए।

कांग्रेसको विधानतः दुईपटकभन्दा बढी सभापति बन्न नपाइने लेखिएको र अब संविधानमा पनि दुईपटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने लेखिनुपर्ने थापाले बताए। उनले निर्वाचित सांसद मन्त्री बन्न नसक्ने पनि बताउनुपर्ने बताए।

उनले कांग्रेस इटहरीका सभापति तथा मेयर हेमकर्ण पौडेललाई नगरबासीसँगको सम्बन्ध सुमधुर बनाउनसमेत सुझाव दिए। भने, ‘पार्टीका साथी र निर्वाचित भएको व्यक्तिको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्छ। निर्वाचित भएको जो सुकै होस्, हाम्रो तागत भनेको पार्टीकै साथीहरू हुन्।’

उनले अब कांग्रेसबाट सरकारमा सहभागी हुने कसैलाई पनि गल्ती गर्ने छुट नहुनेसमेत बताए । पटकपटक मन्त्री भएका मान्छेले यो पटक विश्राम लिनुपर्ने र अब मन्त्री हुनेहरू जोस पनि भएको, होस पनि भएको र परणाम दिनसक्ने भोक भएको मान्छेलाई लैजान आवश्यक रहेको उनको भनाइ छ ।

उनले कांग्रेस र एमालेको गठबन्धनले सरकार गठन भएसँगै संविधान संशोधन हुने र संविधान संशोधनका निम्ति माओबादीसहित अरु दलको पनि आवश्यकता पर्ने बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img