हेटौँडा | तामाङ पत्रकार संघ मकवानपुरको चौथो भेलाले जयराम मोक्तानलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। मोक्तानको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सन्देश थिङ, सचिवमा भुवन घलान, सहसचिवमा रविन्द्र वाईबा र कोषाध्यक्षमा जमुना थिङ रहेका छन्। सदस्यहरूमा अन्जना लामा, सशान्त तामाङ, विवेक वाईबा र छोइसाङ सिन्तान चयन भएका छन् भने थप दुई सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने कोषाध्यक्षमा जमुना थिङले जानकारी दिईन ।
यसै अवसरमा संघले ३०औं तामाङ प्रसारण दिवस पनि मनाएको छ। कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान प्रमुख अतिथिका रूपमा उपस्थित थिए। संस्थापक अध्यक्ष आदर्श सिंह थोकरलाई नगद सहित सम्मान गरिएको थियो।
संघले प्रदेश प्रतिनिधिमा सुनसानी थिङ र केन्द्रीय प्रतिनिधिमा राजकुमार स्याङ्बो र नवराज वाईबालाई चयन गरेको छ।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेम्बर लो, नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष कालु घलान, सल्लाहकार सानु लामा दोङ, नेपाल पत्रकार महासंघका महासचिव कृष्ण सारु मगर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।