Friday, December 6, 2024
देशकोशी प्रदेशपूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

पूर्वी नाकाबाट पर्यटक आवागमन बढ्दै

इटहरी | पूर्वी नाका काँकडभिट्टाबाट तेस्रो मुलुकका लागि आवागमन खुल्ला गरेसँगै पर्यटक आउने क्रम बढेको छ । अध्यागमन कार्यालयका अनुसार तेस्रो मुलुकका लागि नाका खुलेको १५ दिनभित्रमा यो नाका भएर दुई सय २५ पर्यटकको आवागमन भएको छ ।

सोही अवधिमा एक सय २३ जना विभिन्न मुलुकबाट स्थलमार्ग हुँदै प्रवेश गरेको देखिन्छ भने एक सय दुई जना बर्हिगमन भएका छन् । कार्यालयका प्रमुख मोहन पनेरुले बङ्गलादेशमा भएको आन्दोलनको असरका कारण पर्यटक सोचे जति आउन नसकेको बताए । नाका खुलेसँगै पर्यटक आगमन अब बढ्ने उनलेे बताए ।

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिए पनि पूर्वी नाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । यही कारण पूर्वी नाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट सरकारको पहलमा पर्यटकका लागि नाका खुला गरिएको थियो ।

यो अवधिमा भूटानी, अमेरिका, स्वीजरल्याण्ड, बङ्गलादेश, मलेसिया, रोमानिन्या, साउथ कोरिया, सिङ्गापुरलगायत विभिन्न देशका पर्यटकको आगमन भएको हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img