Wednesday, January 15, 2025
बागमती प्रदेशमकवानपुरअविरल वर्षाका कारण हेटौँडा–काठमाडौं सडक अवरुद्ध

अविरल वर्षाका कारण हेटौँडा–काठमाडौं सडक अवरुद्ध

हेटौँडा | हेटौँडा–काठमाडौं जोड्ने दुई प्रमुख सडकमार्ग सोमबार दिउँसोको अविरल वर्षाका कारण अवरुद्ध भएका छन्। मकवानपुर प्रहरीका अनुसार, कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा माथिबाट खसेको लेदोले गर्दा यातायात ठप्प भएको छ।

कान्ति लोकपथमा मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ महादेवटार नजिक अपराह्न ४ बजेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। त्यस्तै, कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ रामचन्द्र भञ्ज्याङमा पनि लेदो खसेर बाटो बन्द भएको छ।

प्रहरीले तत्काल घटनास्थलमा टोली खटाएको र सडक विभाग तथा फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको जनाएको छ। दुवै स्थानमा सडक खुलाउने प्रयास जारी रहेको मकवानपुर प्रहरीले बताएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस