Thursday, June 12, 2025
समाजयुवकसँग होटल आएकी युवती शंकास्पद मृत अवस्थामा फेला, हत्याको आशंका

युवकसँग होटल आएकी युवती शंकास्पद मृत अवस्थामा फेला, हत्याको आशंका

spot_img

हेटौँडा | हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा युवती शंकास्पद अवस्थामा मृत फेला परेकी छिन्। मृत भेटिएकी युवती हेटौँडा –११ थानाभ्याङ घर भएकी एलिसा न्यौपाने रहेको मकवानपुर प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार न्यौपानेको शव हेटौँडा–१० भुटनदेवी मन्दिररोडस्थित रत्न होटलको कोठा नम्बर २०५ मा फेला परेको हो। प्रवक्ता भण्डारीले शवको प्रकृति र कोठाको अवस्था हेर्दा युवतीको मृत्यु शंकास्पद रहेको बताए।

-Ads-

सोमबार बिहान अबेरसम्म पनि ढोका नखुलेपछि होटल सञ्चालकले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा युवती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक न्यौपानेको आँखामा चोट लागेको र कोठा रक्ताम्य पाइएको थियो।

प्रहरीका अनुसार न्यौपाने आइतबार अपरान्ह ५ बजेतिर एक युवकसँग होटलमा आएको र ती युवक राति करिब ९ बजे होटलबाट बाहिरिएको सिसिटिभी फुटेजमा देखिएको छ। होटलमा सँगै आएका युवकले नै न्यौपानेको हत्या गरेर कोठाको ढोका भित्रबाट बन्द गरी झ्यालबाट बाहिर निस्केको प्रहरीको अनुमान छ।

होटलमा टिपाएको मोबाइल नम्बर गलत रहेको पाइएको छ। मृतक न्यौपानेको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img