बागमती प्रदेशमकवानपुरहराएकी बालिका ओजस्वी सिन्धुलीमा फेला

हराएकी बालिका ओजस्वी सिन्धुलीमा फेला

हेटौँडा | हेटौंडा–४ निवासी १२ वर्षीया ओजस्वी कोइराला सिन्धुलीमा सकुशल अवस्थामा फेला परेकी छिन्। हराएको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै ओजस्वीको खोजी कार्यमा व्यापक जनसहभागिता देखिएको थियो।

शनिबार साँझ घरबाट हराएकी बालिका आईतबार साझ फेला परेको पुष्टि गर्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले मेटामा जानकारी दिनुका साथै उद्धारमा सहयोग गरेको भन्दै सिन्धुली उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गरेका छन् ।

रानाभाटले सामाजिक सञ्जालमार्फत अभिभावकहरूलाई आफ्ना छोरीहरूको सुरक्षामा अझ सतर्क हुन अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img