Thursday, December 5, 2024
मकवानपुरबागमती गाउँपालिकाबागमती गाउँपालिका र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता

बागमती गाउँपालिका र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता

हेटौँडा | मकवानपुरको बागमती गाउँपालिकामा पालिका र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता भएको छ। आइतबार एक कार्यक्रमका बीच पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान र प्रधानाध्यापकहरुबीच कार्यसम्पादन सम्झौता भएको हो। पालिकाभित्रका सामुदायिक विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धी सुधारका लागि सम्झौता गरिएको बताइएको छ।

bagmati gaupalika

सम्झौतापत्रमा विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक उपलब्धीमा सुधारका लागि विद्यालयको दूरदृष्टिसहितको गुरुयोजना निर्माण गर्ने र सोको आधारमा पाँच वर्षे विद्यालय सुधार योजना चालु शैक्षिक सत्रमा निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। विद्यालय सेवा क्षेत्रभित्रका ५ देखि ९ वर्षसम्मका सबै बालबालिकालाई विद्यालय ल्याउने र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने भएको छ। विद्यालयमा बालमैत्री व्यवस्थापन, अभिभावक परामर्श, बालसुलभ व्यवहार र भयरहित शिक्षणको अवस्था सिर्जना गर्ने सम्झौता छ।

प्रारम्भिक बालकक्षादेखि कक्षा तीनसम्म कक्षा शिक्षणको व्यवस्थापनसहित धुलोरहित कक्षाकोठा र बालमैत्री बसाई व्यवस्थापन मिलाउने, निरन्तर विद्यार्थी मूल्यांकनबाट बालबालिकाको सर्वाङ्गीण विकासमा जोड दिइने छ। विद्यार्थी अनुपस्थितिको विश्लेषण गरी लक्षित अभिभावकसँग अन्तरक्रिया, शिक्षक र अभिभावकका बीच भेलाको व्यवस्थापन हुनेछ। पुस्तकालय व्यवस्थापन, सूचना प्रविधिसहितको शिक्षण, श्रव्यदृष्य सामग्री र विज्ञान प्रयोगशालाको व्यवस्थापनमा जोड दिइनेछ।

शिक्षकबाट शैक्षिक सामग्री निर्माण गरी सामग्रीसहितको शिक्षण सुनिश्चित गरिनेछ। विषय शिक्षण समितिले शिक्षकहरूको कक्षा अवलोकन, पृष्ठपोषण र अभिलेखीकरण गर्नेछ। शिक्षकहरूलाई चालु शैक्षिक सत्रको सिकाइ उपलब्धीको लक्ष्य तोकी सो पूरा गर्न प्रतिबद्धता लिइनेछ। विद्यार्थीलाई प्राप्तांकको किटान गरी सिकाइ उपलब्धी सुधारका लागि शिक्षकहरूसँग प्रतिबद्धता लिइनेछ। विद्यालयका गतिविधि र आयव्ययलाई पारदर्शी बनाउन सामाजिक र लेखा परीक्षण गरिनेछ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरी शैक्षिक सवालमा छलफल र कार्यान्वयनको अवस्था गाउँ शिक्षा समितिमा प्रतिवेदन गर्ने व्यवस्था मिलाइएको छ। प्रधानाध्यापकहरूको नेतृत्व विकास तालिम पनि आयोजना गरिएको थियो।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img