Friday, December 6, 2024
राजनीतिविपक्षीको विराेधका बाबजुद प्रधानमन्त्रीले पाए विश्वासको मत

विपक्षीको विराेधका बाबजुद प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं | प्रधानमन्त्री पुष्यपकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षीको नाराबाजीबीच चौथो पटक विश्वासको मत पाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौंथो पटक विश्वासको मत पाएका हुन् ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको थियो । नाराबाजीकै बीचमा सभामुखले बैठक अगाडी बढाएर विश्वासको मत लिइएको थियो ।

विश्वासको मत माथिको प्रस्तावमा मतदान प्रक्रियामा १५८ सांसदले मात्र भाग लिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्तावमा १५७ मत परेको थियो । जसमा एमाले, माओवादी, रास्वपा, जनमत, जसपा र नाउपाका सांसदहरुले पक्षमा मत दिएका थिए । प्रस्तावमा मत दिन्न भन्ने पक्षमा एक मत परेको थियो ।

अन्य दलले भने विश्वासको मतको मतदानको प्रक्रियामा भाग लिएका थिएनन् । विपक्षमा मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पक्ष विपक्ष दुवैतर्फ मत दिएनन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको यो चौथो पटक हो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img