Tuesday, July 8, 2025
मकवानपुरहेटौंडा उपमहानगरपालिकाप्रधानाध्यापकले ज्यान गुमाएपछि राप्ती रोडको सडक निर्माणले लियो गति

प्रधानाध्यापकले ज्यान गुमाएपछि राप्ती रोडको सडक निर्माणले लियो गति

spot_img

हेटौँडा | मकवानपुरको हेटौँडामा प्रधानाध्यापक दिपेन्द्र कुमार झाको मृत्युले प्रशासन र ठेकेदारलाई झकझक्याएपछि केही समयदेखि अलपत्र परेको राप्ती रोडको सडक निर्माणले गति लिएको छ।

बिहीबार राति ११ बजेर २० मिनेटतिर ४५ वर्षीय झा मोटरसाइकलमा हेटौँडाको बुद्धचोकबाट राप्ती रोड हुँदै थानाभर्याङतर्फ जाँदै गर्दा सडकको खाल्डाखुल्डी र निर्माणाधीन भागमा दुर्घटनामा परेका थिए। गम्भीर घाइते भएका झाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

-सूचना-

झा राक्सिराङ–९ स्थित कालिका माविका प्रधानाध्यापक थिए। उनी धनुषा, जनकपुर उपमहानगरपालिका–४ का स्थायी बासिन्दा भई लामो समयदेखि हेटौँडामा बस्दै आएका थिए।

डेढ महिनादेखि अलपत्र सडक

हेटौँडाको मुख्य व्यापारिक केन्द्र राप्ती रोड हुँदै थानाभर्याङ जोड्ने सडकमा करिब डेढ महिनादेखि ढल निकास  निर्माणको काम सुरु गरिएको थियो। तर बीचमै ठेकेदार र स्थानीय निकायको सुस्तताले सडक खाल्डाखुल्डी र धुलो–माटोले ढाकिएको अवस्थामा स्थानीय र यात्रुहरू जोखिममा परिरहेका थिए।

स्थानीय व्यवसायीहरूले पटक–पटक सडक मरम्मत र छिटो निर्माणको माग गर्दै आएका थिए। तर बिहीबार रातिको दुर्घटनाले बल्ल प्रशासन र ठेकेदारलाई गम्भीर बनाएको स्थानीयको आरोप छ।

“हामीले यति धेरै गुनासो गर्दा पनि काम भएन। अहिले भने मान्छेले ज्यान गुमाएपछि बल्ल सबैलाई हतार लागेको छ,” एक व्यवसायीले भने।

शुक्रबार बिहानदेखि नै सडक खण्ड चार पांग्रे सवारीका लागि बन्द गरेर निर्माण कार्य सुरु गरिएको छ। सडकमा पर्खाल र ढल निर्माण धमाधम भइरहेको छ। स्थानीयहरूले गुणस्तरीय निर्माण गरेर यथाशीघ्र काम सक्न र सुरक्षित सडक सुनिश्चित गर्न माग गरेका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img