Thursday, May 22, 2025
देशगण्डकी प्रदेशकाठेखोला–२ भीमापोखराको वडा अध्यक्ष पूर्ण एमालेको उम्मेदवार !
spot_img

काठेखोला–२ भीमापोखराको वडा अध्यक्ष पूर्ण एमालेको उम्मेदवार !

spot_img

बागलुङ, २४ चैत । नेकपा एमालेले काठेखोला गाउँपालिका–२ भीमापोखराका वाड अध्यक्ष विद्यापति शर्मालाई पूर्ण दोर्सो कार्याकालको लागि  वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार आयोजित नेकपा एमाले काठेखोला–२ भीमापोखरा वडा कमिटीको बैठकले वडा अध्यक्ष समेत रहनुभएका शर्मालाई पुनः सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।

नेकपा एमाले काठेखोला गाउँ कमिटीका सचिव समेत रहनुभएका शर्मा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट भीमापोखरामा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षको लागि धेरै जनाले आकांक्षा व्यक्त गरेपनि शर्मालाई सर्वसम्मत चयन गरिएको हो ।

भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, अनेम संघका केन्द्रिय सदस्य गंगा कुमारी शर्मा, जिल्ला कमिटी सचिवावलय सदस्य एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँकमिटीका सचिव एवं वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला कमिटी सदस्य प्रेम बहादुर केसी, खिम बहादुर कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँ कमिटीका सचिव विक्रम शर्मा लगायतले बोल्नुभएको थियो ।

वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत उपसचिव भिम किसान र संचालन सचिव ऋषिराम शर्माले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img