म्याग्दी । नवनिर्वाचित सांसद रेशमबहादुर जुग्जाली जस्तापाटा बोकेर मतदाता कहाँ पुगेका छन् ।
म्याग्दीको प्रदेशसभा क्षेत्र (ख)बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित रेशमबहादुर जुग्जालीले भोजभतेरको खर्च कटाएर मंगला गाउँपालिका–१ कुहुँको भिरकटेराका फाले र रतिकला फगामीको जिर्ण घर मर्मतका लागि जस्तापाटा बोकेर पुगेका छन् ।
जिर्ण घर मर्मतका लागि जुग्जालीले फगामी दम्पत्तीलाई (फाले फगामी र रतिकला फगामी) लागि जस्तापाटा उपलब्ध गराएका हुन् । जुग्जालीले साथी भाई र आफन्तले उपलब्ध गराएको सहयोग सामाजिक क्षेत्रमा खर्चीएको बताए । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा एक÷एक वटा कार्यक्रम गर्ने जुग्जालीको योजना छ ।
नेपाली कांग्रेस र माओवादी स्थानीय कार्यकर्ताहरुले श्रमदान गरेर जस्तापाटा फेरिदिने जनाएका छन् । फगामी दम्पत्तीले जिर्ण घर मर्मत हुन लागेकोमा खुसी व्यक्त गरेका छन् । उनीहरुले नवनिर्वाचित सांसद जुग्जालीलाई आर्शिवाद दिएका थिय ।