सुनसरी : सुर्खेत जिल्लामा बराहताल गाउँपालिका-५ बड्डीचौरबाट चितुवाको तीन वटा छालासहित चार जना पक्राउ परेका छन् ।
सुर्खेत प्रहरी कार्यलयका अनुसार पन्ञदेवल नगरपालिका-८ अछामका ३५ वर्षीय कमल शाही र २२ वर्षीय चक्रबहादुर शाही रहेका छन् भने रामारोशन गाउँपालिका-४ अछामका २१ वर्षीय ओपेन्द्व शाह र दैलेखको चामुण्डाविन्द्वासैनि नगरपालिका-२ दैलेखका ३५ वर्षीय विमल शाही पक्राउ परेका छन् ।
कर्णाली प्रदेश प्रहरी कार्यलय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जिल्ला प्रहरी कार्यलय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यलयको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
विशेष सुचनाको आधारमा सुर्खेतको पश्चिम पच्ञपुरी नगरपालिकास्थित बड्डीचौर बजारमा रहेको प्रेम होटलको कोठा नम्बर ३ मा शङ्कास्पदरूपमा बसिरहेका अवस्थामा चारै जनालाई खानतलास गर्दा जेब्राको झोलामा प्लास्टिकको बोराभित्र राखेको चितुवाको छाला भेटिएको हो ।