सुनसरी : झापाको बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत बुद्धशान्तिका दुई ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ ।
ट्राफिक प्रहरी पोस्ट बुधबारेका प्रमुख राजकुमार चौधरीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको संयोजक बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष सुजित बराल रहेका थिए । सवारीसाधन दुर्घटना हुन नदिनका लागि जेब्रा क्रसिङ बनाइएको हो ।
बुद्धशान्ति १ बुधबारको पुल चोक र कर्णाली एजुकेसन फाउन्डेसन जाने प्रवेशद्वार अगाडि जेब्रा क्रसिङ बनाएको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले बताएका छन् ।




