सुनसरी / इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ पुगेको छ । इटहरी उपमहानगरपालिकामा ९४ हजार ३ सय ८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७ सय ९ रहेको छ । सुनसरीको जनसंख्याको नतिजा हेर्दा धेरै जनसंख्या हुनेमा इटहरी, धरान, बराहक्षेत्र रहेका छन् ।
त्यस्तै धरान उपमहानगरपालिकाको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ । गनगणना घर संख्या ३४ हजार ८ सय ३४ रहेको धरान उपमहानगरपालिकामा ४३ हजार ८ सय १५ परिवार संख्या रहेको प्रारम्भिक नतिजामा देखाइएको छ ।
पुरूष ८२ हजार ६ सय ८३ जना पुरूष र महिला ९० हजार ४ सय १३ जना महिला छन् । बराहक्षेत्रको ९१ हजार ८ सय ९१, इनरुवाको ७५ हजार ९ सय २०, दुहबीको ६७ हजार ५१, रामधुनीको ६३ हजार ३ सय ७८, हरिनगरको ४९ हजार ५ सय १, भोक्राहा नरसिंहको ४९ हजार ३ सय ७१ र कोशी गाउँपालिकाको ४८ हजार ७ सय ६८, गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४ सय ७८, देवानगञ्जको ३९ हजार ३ सय ६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५ सय ३३ पुगेको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा उल्लेख छ ।



