सुनसरी / जिल्ला प्रशासन कार्यलय सुनसरीले भोलि मंगलबार बाट लागू हुने गरि स्मार्ट लकडाउन गर्ने भएको छ ।
कोभिड-१९ को नयाँ भेरियन्ड ओमिक्रोन सहितको संक्रमण दरलाई कम गर्न माघ मसान्तसम्म स्मार्ड लकडाउन गरेको छ ।जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसका आधारमा भोलि माघ १८ गते बाट लागु गरिएको सुनसरी प्रशानसले यस्तो आदेश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रशासनले माघ मसान्तसम्म सिनेमा घर , डान्स बार , दोहोरी , क्लब हेल्थ , फुटसल , हाट बजार लगाएत भिडभाड हुने क्षेत्रहरू सञ्चालन गर्न नपाइने आदेश गरिएको छ ।
विभिन्न सेवा प्रदायक निकायमा सर्वसाधारण सेवाग्राहीले कोभिडविरुद्धको खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने पनि व्यवस्था गरिएको छ । सपिङ मल, डिर्पाटमेन्ट स्टोर, सपुर मार्केट लगायतमा एक पटकमा २५ जना भन्दा बढी हुन नहुने पनि आदेशमा उल्लेख गरिएको छ ।
सबै प्रकारका आमसभा , जुलुस , सभा वा धेरै भेला हुने क्रियाकलापहरू नगर्नेल र रंगशालामा दर्शकसहित नगरी नहुने पूर्वनिर्धारित खेलकुद कार्यक्रम एक पटकमा कुल क्षमताको एक तिहाई मात्र दर्शक उपस्थित रहने गरि सञ्चालन गर्न पाइनेछ ।




