इटहरी / उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले रेडक्रस सोसाइटीलाई दुई थान एम्बुलेन्स सहयोग गर्ने भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखा खनार र तरहरा उपशाखालाई एक–एक थान एम्बुलेन्स सहयोग गर्ने भएका छन् । पौडेलले ३६ लाख रुपैयाँमा दुई थान एम्बुलेन्स खरिद गरेको बताएका छन् ।
इटहरीमा रहेका जनताको स्वास्थ्य सेवामा पहुँच पुगोस भनेर पौडेलले एम्बुलेन्स सहयोग गरेको बताए । एक कार्यक्रमको आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरिने बताएका छन् ।
पौडेलले गत वर्ष नै एम्बुलेन्स सहयोग गर्ने उद्घोष गरेपनि अहिले इटहरीमा एम्बुलेन्स आइपुगेको पौडेलले बताए ।



