Wednesday, January 15, 2025
देशकोशी प्रदेशप्रेस युनियन सुनसरीद्वारा १ लाख एक हजार र ५१ हजारको पुरस्कार...

प्रेस युनियन सुनसरीद्वारा १ लाख एक हजार र ५१ हजारको पुरस्कार राशि अक्षयकोष

सुनसरी / नेपाल प्रेस युनियन सुनसरीले अक्षयकोष स्थापनाका लागि इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपद्वारा आफ्ना आमाबुबाको नाममा हरेक वर्ष सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी प्रेस युनियनले अक्षयकोष स्थापना गरेको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ । गोविन्द-खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरिएको हो ।

शिवप्रसाद घिमिरेका छोरा सुदीप घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले शनिबार एक सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोषको स्थापना गरिएको हो । आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उदेश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिनेगरी सम्झौता गरिएको घिमिरेले बताए ।

‘पत्रकारिता क्षेत्र समाजको महत्त्वपूर्ण अंगको रूपमा मानिन्छ, सो क्षेत्रमा निरन्तर लाग्नेहरूलाई पुरस्कार प्रदान गर्ने उदेश्यले यो अक्षयकोषका लागि हामीले सम्झौता गरेका हौं,’ उनले भने, ‘सामाजिक उत्तरदायी बन्नुपर्छ भन्ने उदेश्यले व्यवसायबाट प्राप्त केही रकम छुट्याइएको हो ।’

प्रेस युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिनेगरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको हो । उनले भने, ‘एउटा जिल्लास्तरीय ५१ हजारको र अर्को राष्ट्रियस्तरीय एक लाख एक हजारको पुरस्कार प्रदान गरिनेगरी हामीले प्रस्ताव गरेका थियौं, सोही अनुसार आज सम्झौता भएको हो ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img