रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा–२ जानकी नगरकी अमृता खत्री (टण्डन)को मृत्यु प्रकरले तिलोत्तमा अशान्त बनेको छ । चैत्र ३० गते नयाँ वर्षको अघिल्लो साँझ अमृताको वि’ष सेवनबाट मृ’त्यु भएपछि उनको ह’त्या भएको भन्दै माईती पक्ष र आफन्तहरुले निरन्तर विरोध प्रदर्शन र आन्दोलन गरिरहेका छन् । ७ वर्षअघि स्थानीय प्रेम टण्डनसँग प्रेम विवाह गरेकी अमृताले आफन्तको सहयोग माग्दा-माग्दै जीवनबाट नै विदा लिएकी छन् । घटना बारे अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अमृताका श्रीमानसहित सासु र ससुरालाई समेत पक्राउ गरेको छ ।
प्राय घरमा झ’गडा परिरहने २९ वर्षीय अमृताको परिवारबाटै ह’त्या भ’ए’को भन्दै आफन्तहरुले दो’षि पत्ता लगाई कारबाही माग गरिरहेका छन् । गत भदौंमा अमृता र उनको परिवार बीच भएको मिलापत्रको एक कागजले समेत उनी पारिवारीक क’लह र समस्यामा थिइन् भन्ने कुरालाई जोड दिएको छ । अमृताले घर परिवारले सामान्य विषयमा पनि मा’नसिक र सा’रिरीक या’तना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिईन् । २०७८ भदौ १७ गते वडा अध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरु, वडा सचिव, घर र माईती पक्षको बीचमा छलफल गरि अबका दिनमा घरमा बस्ने वातावरण मिलाउने र अमृता घरमै बस्ने गरि लिखित सहमती गरेका थिए ।
त्यसपछि अमृता घरमै गएर बसेपनि श्रीमान र सासुआमासँगको सम्बन्ध राम्रो बन्न सकेको थिएन तर अमृताले घरपरिवारले मा’नसिक रुपमा पी’डा दिने गरेपनि माईतीलाई भने भनेकी थिईनन् । गत असोजमा दाजु पुष्पकको विवाह भयो । अमृता छोरालाई लिएर दाजुको विवाहमा माईती गईन्, जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन् ।पुष्पकले बहिनी र ज्वाईको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाईसकेका थिए ।९ बर्ष अघि प्रेमको परिवारबाट सुरुमा माग्न आउँदा अमृताको माईती पक्षले स्वीकार नगरेपछि प्रेमको परिवारले भगाएर भारतमा लगेका थिए । त्यसको एकवर्ष पछि नै अमृता र प्रेमको कोखबाट छोरा आदित्य जन्मिएका थिए ।