इटहरी / नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघको प्रदेश १ को अध्यक्षमा जिपि तिवारी निर्विरोध निर्वाचित भएका छन् । हिजो शनिबार इटहरीमा रहेको उद्योग बाणिज्य संघको सभाहलमा दोस्रो साधारणसभा कार्यक्रम भएको थियोे ।
नेपाल आयुर्बेद औषधि ब्यबसायी संघ प्रदेश नम्बर १ का माननीय स्वास्थमन्त्री जयराम यादबको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियोे । विशिष्ट उपस्थिति इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम रहेको थियो ।
त्यसैगरी,उपाध्यक्षमा बिनोद बस्नेत , महिला उपाध्यक्षमा उर्मिला कुमारी ढकाल , सचिवमा तीर्थराज अधिकारी , सह-सचिवमा गोपाल काफ्ले र कोषाध्यक्षमा गोमा उप्रेती चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा मेमा प्रसाद शाह , बिन्दु खनाल , सुजाता कार्की , वीरबहादुर विश्वकर्मा , मोहन श्रेष्ठ , यमनाथ दाहाल , मीना प्रसाई , बिक्रमचन्द्र ठाकुर , टेकबहादुर श्रेष्ठ , यामनाथ रिजाल , फडिन्द्रराज भण्डारी र तेजबहादुर कटुवाल चयन भएका छन् ।
कोरोना महामारीले गर्दा आयुर्वेदिक अौषधी व्यवसायी संघले यस वर्ष अघि विभिन्न कार्यक्रम गर्न नपाएको थियो भने यस वर्ष गरेको छ । आयुर्वेद अौषधी व्यवसायी संघ प्रदेश १ मा योगदान गर्नु हुने चार जनालाई अवाड अर्थात् कदर पत्र वितरण गरिएको थियोे ।
आयुर्वेद ज्यादै पुरानो रहेकाले हामिले सबैे प्रयोग गर्दै आउनु पर्छ भनेर इटहरी कि उपमेयर लक्ष्मी गौतमले बताएन् भने कार्यक्रमको समापन अध्यक्ष जगत बहादुर भट्टराईले गरेका थिय ।