सुनसरी / सुनसरीको बराहक्षेत्र- ४ चतरा–झुम्का सडकमा बस दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको छ भने १० जना घाइते भएका छन् ।
चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको हो । मृ´त्यु हुनेमा बसका मालिक बराहक्षेत्र–१ का ४० वर्षीय सरोज खड्काको मृ´त्यु भएको हो ।
बस आफै अनियन्त्रित भई चतरा–झुम्का नहरको पिडारी पुलमा ठक्कर भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका मालिक खड्काको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा हिजो शनिबार साँझ साढे ६ बजे मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नगेन्द्र कार्कीले बताए ।
प्रहरीले बसका चालक बराहक्षेत्र–१ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । दुर्घटना शनिबार दिउँसो भएको प्रहरीले जनाएको छ ।



