सुनसरी / मोरङको सुन्दरहरैंचामा यहीँ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सुन्दरहरैचामा मेयरमा केदारप्रसाद गुरागाई र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाएको छ ।
गुरागाई नेकपा एमालेका प्रदेश कमिटी सदस्य हुन् । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा पनि एमालेबाट मेयर पदका उम्मेद्वार रहेका थिए । उनी नेपाली कांग्रेसका उम्मेद्ववार शिवप्रसाद ढकालसँग पराजित भएका थिए ।
गुरागाईं इन्द्रपुर साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरुमा आबद्व छन् । चौधरी पार्टीको नगर कमिटी उपाध्यक्ष हुन् । अखिल नेपाल महिला संघ, थारु कल्याणकारिणी सभा लगायतका विभिन्न संघसंस्थामा उनी आबद्ध हुँदै नेतृत्वको अनुभव बटुलेकी छिन् ।
नेकपा एमालेबाट सुन्दरहरैंचामा वडा अध्यक्षका उमेदवारहरु नाम:-
वडा नम्बर १ इन्द्रप्रसाद भट्टराई
वडा नम्बर २ झरीलाल सरदार
वडा नम्बर ३ बिदुर ढुंगाना
वडा नम्बर ४ नारायणप्रसाद श्रेष्ठ
वडा नम्बर ५ गणेश चौधरी
वडा नम्बर ६ जीवन राई
वडा नम्बर ७ पोष्टकुमार श्रेष्ठ
वडा नम्बर ८ खेमप्रसाद न्यौपाने
वडा नम्बर ९ पुष्पबहादुर भुजेल
वडा नम्बर १० राजकुमार राई
वडा नम्बर ११ विशनलाल चौधरी
वडा नम्बर १२ रोशनप्रसाद ढकालहरू उमेदवारी रहेका छन् ।