सुनसरी / मोरङको केराबारी गाउँपालिका-२ का वडा सदस्यका उम्मेदवार नवीन लिम्बूको मृत्यु भएको छ । नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका उनको आज बिहान शुक्रबार मृत्यु भएको छ ।
बिहीबार चुनाबी अभियान सकेपछि घर फर्किएर सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेका थिए । उनको उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिएका छन् ।



