सुनसरी / मोरङको जिल्लाको बूढीगङ्गा गाउँपालिका-२ स्थित बूढी खोलामा बेपत्ता भएकी एक बालिका मजुलम मियाकी ८ वर्षीया छोरी रुसिना खातुन पौडी खेल्ने क्रममा बूढी खोलामा बेपत्ता भएकी थिइन् भने शुक्रबार दिउँसो मृ´त फेला परेकी छन् ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले मृत फेला पारेर रुसिनाको शव खोलाबाट बाहिर निकालेको छ । बालिकाको खोजीमा सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपाने र सहायक निरीक्षक लेखजङ्ग कार्कीसहितको गोताखोर टोली परिचालित थियो ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेका अनुसार गोताखोर टोलीले मृत फेला पारेर बालिकाको शव खोलाबाट साँझ ६ः४५ बजेतिर बाहिर निकालेको हो ।
दिदी सुहाना खातुनसँगै पौडी खेल्न पसेका बेला रुसिना खोलामा बेपत्ता भएकी थिइन् । सुहाना भने बाहिर निस्कन सफल भएकी थिइन् । शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।



