Wednesday, February 12, 2025
देशकोशी प्रदेशविराटनगर विमानस्थलमा जहाज दुर्घटना

विराटनगर विमानस्थलमा जहाज दुर्घटना

सुनसरी / विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएको बेला कसरी उद्धार गर्ने भनेर अभ्यास गरिएको छ । हिजो आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो ।

विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गराउनु पर्दा दुुर्घटना भएर जहाजमा आगो लागेको र धुवाँको मुस्लो छुटेको देखाइएको थियो । त्यसअघि नै विमानस्थलले जहाज आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सबै तयारी गरेको थियो ।

विमानस्थलका प्रमुख उत्सवराज खरेलले जहाज दुर्घटना भएका बेलाको सम्भावित क्षति कम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धारको अभ्यास गरिएको बताउनु भयो । उद्धार अभ्यासका क्रममा आधा दर्जनभन्दा बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र एयरलाइन्सका कर्मचारी परिचालन गरिएको थियो ।

काल्पनीक जहाज दुर्घटनामा ४ जना यात्रुको मृत्यु भएको र ५ जना गम्भीर घाइते तथा अन्य सामान्य घाइते भएको देखाइएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिए । साइरन बजाउँदै दमकल र एम्बुलेन्स दौडदा वरपर त्रास फैलिएको थियो । दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रत्येक २ वर्षमा यस्तो अभ्यास गर्ने गरिएको खरेलको भनाइ छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर वृद्धि गर्न, उद्धारलाई प्रभावकारी बनाउन तथा उद्धारकर्मीको क्षमता बढाउन उद्धार अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस