Wednesday, January 15, 2025
देशकोशी प्रदेशझापामा दाइजोमा मोटरसाइकल नदिएको विषयमा बेहुली नलाने बेहुला पक्राउ

झापामा दाइजोमा मोटरसाइकल नदिएको विषयमा बेहुली नलाने बेहुला पक्राउ

सुनसरी / झापामा दाइजोमा मोटरसाइकल नदिँदा दुलही नस्वीकार्ने बेहुला पक्राउ परेका छन् ।

झापा जिल्लाको मेचीनगर नगरापालिका – १७ ज्यामिरगढीमाबाट दुलही लाने क्रममा गनगाईले मोटरसाइकाल दाइजो मागेका थिए । दुलहीका परिवारका अनुसार गनगाई छोरी माग्न आउदा दाइजोमा मोटरसाइकल दिने सक्दैनौ भनेर प्रस्ट पारिएको थियो । त्यसपछि केटा पक्ष पनि मन्जुर भएको तर शुक्रबार बेहुली लानेक्रममा मोटरसाइकलविना नहुन जिद्धि गरेपछि दुलही पक्षले प्रहरीलाई खबर गरेका थिए ।

छोरी माग्न आउँदाको सहमति अनुसार नै विहे गरेर दुलही लैजाने क्रममा मोटरसाइकल दाइजो मागेपछि दुलाहा पक्राउ परेका छन् । पक्राउ पर्ने दुलाहा झापा गाउँपालिका टाघनडुब्बाका डेबिड गनगाई रहेको झापा प्रहरीले जनाएको छ ।

दुलही चौधरी समुदायकी हुन् भने दुलाही पक्षले विवाहमा दुलाहलाई दाइजोवापत टीभी, फ्रिज र सोफासेट गरि करिब ४ लाख रुपैयाँ बराबरको सामग्री दिएको जनाइएको छ, तरपनि दुलाह अन्तमा नमानेको बताइएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img