सुनसरी / खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिण्डर राखेर प्रदर्शन गरेका हुन् ।
संघीय सरकारले इन्धनको मुल्यवृद्धि गर्दा प्रदेश सरकार चुप लागेर बसेपछि प्रदर्शन गरेको पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए । उनले पेट्रोलियम र खाना पकाउने ग्यासको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग गरे ।
नेपाल आयल निगमले पछिल्लो समय खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २ सय र पेट्रोलियम पदार्थमा १० रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।