देशकोशी प्रदेशबेलबारीका नवजात शिशुको मृत्युपछि कोशी अस्पताल हिजो तनावग्रस्त

बेलबारीका नवजात शिशुको मृत्युपछि कोशी अस्पताल हिजो तनावग्रस्त

सुनसरी / मोरङ जिल्लाको बेलबारी- ७ को बाहुनी घर भएकी २४ बर्षिया स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि कोशी अस्पताल हिजो शनिबार विहानदेखि तनावग्रस्त बनेको थियोे ।

गत शुक्रबार राती प्रधानको ८ बजे नर्मल डेलिभरी भएर उनले छोरीलाई जन्म दिएकी थिइन् । ‘गाइनो वार्डमा छोरीलाई जन्म दिएपछि नवजाजत शिशुले दिशा मुखमा परेको रहेछ भन्दै उपचार गर्न लगिएको थियो । शुक्रबार राती ११ बजे मृत्यु भएको खबर आयो ।

विहान घर जाने बेलामा डिस्चार्ज पेपरमा मरेको बच्चा जन्मिएको ‘स्टील बन्थ’ भनेर लेखिएको छ,’ श्रीमान दिपेन्द्र श्रेष्ठले भने, ‘डिस्चार्ज पेपरमा कसरी यस्तो लेखियो भनेर बुझदा अस्पताल प्रशासनले कसैलाई भेटन दिएको छैन ।

अस्पतालको स्वास्थ्यकर्मीहरूको लापरबाही रहेको छ परिवारको आरोप छ ।’ डिस्चार्ज पेपरमा कसरी मरेको बच्चा जन्मिएको भन्ने विषयमा अस्पतालका चिकित्सक र प्रशासनसँग बुझन खोज्दा अहिलेसम्म भेटन नदिएको उनीहरूको भनाई छ ।-रासस

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img