Wednesday, February 12, 2025
देशकोशी प्रदेशमोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु , एक जना...

मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु , एक जना घाइते

सुनसरी / मोरङ जिल्लाको रतुवामाई नगरपालिका- १ हटिया डाँडास्थितमा हिजो आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको प्रहरी जनाएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेर अननियन्त्रित भएर साँझ ५ः२० बजेतिर दुर्घटनामा परेको हो ।

मृत्यु हुनेको टाउ तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङ्गेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर मृत्यु हुनेको आवश्यक कागजात फेला परेको छैन ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत अररिया कुसाकट्टाका अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कामतको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ । -साङ्केतिक तस्बिर

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस